सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा गणेश भण्डारी

नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्जले सोमवार नेपालगन्ज स्थित स्वास्तिक कटेजमा भव्यताका साथ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।


पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पी.डी.जीद्वय मधुसूधन शर्मा (रिजाल), सेम शाक्यको उपस्थिति रहेको थियो । यसैगरी अतिथिका रुपमा सम्पूर्ण लायन्स क्लब आफ नेपालगन्जका पूर्व अध्यक्ष लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.


कार्यक्रममा सन् २०२०÷२०२१ का अध्यक्ष यज्ञप्रताप राणाले वर्षभरिमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्दै सन् २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारी, कोषाध्यक्ष नर्मदा शाही तथा सचिव यज्ञबहादुर बस्नेतलाई पूर्वअध्यक्ष यज्ञप्रताप राणा, पूर्व कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ तथा पूर्व सचिव यज्ञबहादुर बस्नेत अ–आफ्नो पद हस्तान्तरण गरेका थिए ।

No description available.


यसैगरी शुभकामना मन्तव्य दिने क्रममा पी.डी.जी.मधूसूदन शमा (रिजाल), पी.डी.जी. सेम शाक्य लगायत अन्य वक्ताहरुले पूर्व समितिले गरेको कार्यको सराहना गर्दै अब आउने नया समितिलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

No description available.

यसैबिच पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष यज्ञप्रताप राणाले कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ, सचिवमा यज्ञबहादुर बस्नेत, कार्यालय सचिव दिनेश कुमार श्रीवास्तव सहित पूर्व अध्यक्षहरुलाई सम्मान पत्र सहित खादा ओढाई टिका लगाई सम्मान गर्नुभएको थियो ।

No description available.


पद हस्तान्तरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सदस्य सहित ३२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव यज्ञ बहादुर बस्नेतले गरेका थिए भने समापन २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »