सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन शुरु भएको छ ।

डेढ सय उद्योगी, व्यवसायीले खोप लगाएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन् । चरणबद्ध रुपमा उद्योगी, व्यवसायीलाई खोप लगाउन पहल गरिएको अध्यक्ष मन्सुरीको भनाई छ ।

संघले निजीक्षेत्रलाई चलायमान बनाउनका लागि भए पनि व्यवसायीहरुलाई फ्रन्टलाइनरका रुपमा राखेर खोप लगाउनुपर्ने माग गर्दै आएको थियो ।

No description available.

सोही मागलाई सम्बोधन गर्दै पहिलो चरणमा शनिवार खोप लगाइएको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

May be an image of 1 person, standing and indoor
May be an image of 3 people, including Rehan Ansari, people sitting, people standing and indoor

शनिवार संघका पदाधिकारी एंव कार्यसमिति सदस्य, सल्लाहकार, बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीलाई खोप लगाइएको छ । अन्य व्यवसायीलाई चरणबद्धरुपमा लगाइने महासचिव ओलीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »