सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछाप, सुनापति गा.पा.मा माओवादी लालकिल्ला ताेड्ने युवा संघ नेपालकाे घाेषणा

काठमाडौँ । भक्तपुरको एक ब्याङ्कुइटमा रामेछाप जिल्ला सुनपती गाउँपालिकामा नेकपा (एमाले) केपी ओली समुहको युवा संघ नेपाल र युथ फोर्स गठन गरेको छ । वगमती प्रदेशको आर्थिक मामिला तथा योजना कैलाश ढुंगेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमबाट युथ फोर्समा अर्जुन केसी र युवा संघ नेपालमा नरमान तामाङलाई अध्यक्ष चयन गरेको छ ।

प्रमुख अतिथि तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापले आर्थिक, सामाजिक र भौतिक पुर्वधारमा छिट्टै फट्को मार्ने आशा देखाउनु भयो । उहाँले युवाहरु एक भएर यसरी नै संगठन प्रति बफादारी भएर लागेमा सुनापति गाउँँपालिकामा मात्र नभएर देशै भरि एमाले हुने बताएको छ । युवाहरुको जोश र जागार देखेर रामेछापले साँच्चिकै रुपमा नेकपा एमालेलाई माया गरेको रहेछ भन्ने प्रमाणको रुपमा यो भेलाले पारित गरेको बताएको छ ।

प्रमुख अतिथि कैलाश ढुंगेलले प्रदेश सँग कुनै समन्वयन नगरी एकपक्षीय ढंगले लाभ लिन खोजिएकोमो सुनपाति गाउँपालिकाको अध्यक्ष दावा लामा प्रति वहाँले आक्रोश पोखेको थियो ।

अखिलका पूर्वअध्यक्ष एवं युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सुनापति गाउँपालिकामा युथ फोर्स र युवा संघ नेपालको गठनले माओवादी र कांग्रेसको छातीमा चुनौतीको किला गाडेको बताएको छ ।

युवा संघ नेपालको केन्द्रिय सदस्य रविन्स लामाले संचालन गरेको उक्त कार्यक्रमा विशेष अतिथिमा पुर्वामन्त्री कमल चौलागाई, पुष्प श्रेष्ठ, माधव ढुंगेल लगाएतका नेताहरु अतिथिमा रहेका थिए ।

नेकपा (एमाले) मा माधव कुमार नेपाल र अध्यक्ष केपी ओली शर्मा बीचको टकरावको कारणले पार्टी फुटको संगारमा पुगेको छ । दुवै नेताले युथ फोर्स, युवा संघ नेपाल लगाएतका विभिन्न वर्गीय कमिटीहरु निर्माणमा तिव्रता दिएको छ ।

रामेछाप जिल्ला सुनापती गाउँपालिका नेकपा (माओवादी)को लालकिल्लाको रुपमा मान्दै आइरहेका छन् ।

धेरै चुनौती र

अखिल महिला संघ को केन्द्रिय सदस्य बिमला ग्याबक तामङले शुभकामना मनतव्य राख्दै महिलालाई विशेष प्रथामकिताका साथ पार्टीको वर्गीय संगठनहरुमा सहभागीता गराउन आवश्यकता औल्याउदै केन्द्रीय नेताहरुलाई ध्यान आकार्षण गराएको थियो ।

अमर ध्वज लामा निर्माण व्यावसायिक ,शुभ कामना मन्तव्य राख्दै सुनापतिको बर्णन गर्नु भएको थियो चारै तिर बाट कति राम्रो खोला जहा हिमाल हेर्दै हर कुराको स्पर्धाको चुस्कि लिन सक्ने बनाउनु भयो ,

नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको सदस्य तथा युवा व्यवसायी अमर ध्वज लामाले वर्तमान सुनापति गाउँपालिकाको अध्यक्षले जनताको जन चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

अनेरास्ववियुको केन्द्रिय सदस्य उमेश भण्डारीले नव गठित युवाहरुले पार्टीको विधि र विधान अनुरुप बिचलीत नभई सुनापति गाउँपलिकालाई भविष्यमा नयाँ उचाईमा पु¥याउने कार्यमा लाग्न सल्लाह र सुझाव दिएको थियो ।

नेकपा माओवादी र कांग्रेस परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि कैलाश ढुंगेलले टिक र खादा लाएर सम्मान गरेका थिए ।

युवा संघ नेपाल सुनपाति गाउँपालिकाको अध्यक्ष नरमान तामाङले ४५ सदस्य समिती गठन गरेता पनि यो नै पुर्ण नभएको बताएको छ । उहाँले भने, “हामीले सुनापति गाउँपालिकाको पाँचै वडााम युवा संघ गठन पकृयिालाई तिव्रता दिने छौ । यो त हाम्रो शुरुवात मात्र हो । ” यसैगरी हामी युथ फोर्स सुनापाति गाउँपालिका अध्यक्ष राजु केसीले माओवादीको लाला किल्ला तोडेर एमालेको लाल किल्ला बनाउनेमा युथ फोर्सको विशेष भुमिका रहने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »