सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संघको निर्णय – केन्द्रीय सदस्यमा बैश्य सिफारिस, सल्लाहकार नियुक्त

नेपालगन्ज ,नेपालगन्ज उद्योग वाणिज्य संघको सोमवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने निर्वाचनका लागि निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई केन्द्रीय सदस्यको उम्मेदवार लागि सिफारिस गर्ने लगायतका निर्णय गरिएको हो ।

निवर्तमान अध्यक्षलाई महासंघको केन्द्रीय सदस्य उम्मेदवारमा सिफारिस गर्ने परम्परालाई पछ्याउँदै यसपटक पनि निवर्तमान अध्यक्ष बैश्यलाई सर्वसम्मतरुपमा केन्द्रीय सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको संघका प्रवक्ता टंकबहादुर धामीले बताउनुभयो ।

बैठकले संरक्षकमा सबै अध्यक्षलाई राख्ने निर्णय गरेको छ । पूर्व अध्यक्षका सल्लाह, सुझाव ग्रहण गर्दै अगाडी बढ्ने नवनिर्वाचित कार्यसमितिको भावना अनुसार सबै पूर्व अध्यक्षलाई संरक्षकमा राखिएको हो ।
बैठकले दुर्गाप्रसाद भण्डारी, ईश्वर प्रसाद पोख्रेल, कोषराज रेग्मी, मुरलीधर शर्मा, करिम खान, चम्पालाल बोथरा, मेघराज ओलीलाई सल्लाहकार मनोनित गरेको छ ।

त्यस्तै कानूनी सल्लाहकारमा टिकाजंग सिंह र प्रेस सल्लाहकारमा कमल डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता धामीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »