सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तालिबानले कब्जा गरेको शहरहरुको जेलबाट कैदीहरुलाई रिहा

तालिबानले कब्जा गरेको शहरहरुमा रहेको जेलबाट कैदीहरुलाई रिहा गरिएको छ।
अफगानिस्तानको तखार प्रान्तको जेलमा रहेका कैदी ठूलो संख्यामा जेलको प्रांगणमा समान उठाएर गइरहेको भिडियो भाइरल भएको छ।

जहाँ उनीहरुले तालिबानको पक्षमा नारा लगाइरहेको देख्न सकिन्छ।

यी कैदीहरुमा खतरनाक अपराधी पनि सहभागी छन्।

उनीहरुले रिहाईको खुशीयालीमा नारा लगाइरहेको अर्को भिडियोमा देख्न सकिन्छ।

तालिबानको कब्जामा आएका मध्ये ६ शहरको जेलमा अहिलेसम्म हजारौं कैदीलाई रिहा गरिएको छ। जसमा कुन्दुज, तखार र केही अन्य क्षेत्रका जेल पनि रहेका छन्।

स्थानीय मानिसहरुका अनुसार कुनै पनि शहर कब्जागरेपछि तालिबानको पहिलो निशाना जेल हुने गरेको छ, जहाँका कैदीलाई रिहा गरिने गरिएको छ।

तर तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार कैदीलाई आफूहरुले नभइ जेल प्रशासनले रिहा गरेको हो।

जेलबाट कैदी छुटाएर यी क्षेत्रमा सरकारले नियन्त्रण पूर्णरुपमा गुमाएको सन्देश तालिबानले आम रुपमा दिन खोजेको बीबीसीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »