सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखी झापामा जारी निषेधाज्ञा खुकुलो

काठमाडौं– झापामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। व्यवसायीको मागलाई सम्बोधन गर्दै आज (भदौ १) देखि लकडाउन खुकुलो बनाइने भएको हो।

पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

डीसीसीएमसीको सोमबार सम्पन्न बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुला गर्ने निर्णय गरेको हो।

बढी चहलपहल हुने खाद्यान्नलगायतका पसल भने बिहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाइने प्रशासनले जनाएको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड तथा समय तालिका पालना नगर्नेलाई कडा जरिवाना गर्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

भर्खरै

सम्बन्धित खबर

Language »