सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ एघार गते ठुलो पर्सेल वडा कार्यालय भवनको उद्घाटन साथमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा यही भदौ ११ गते नव निर्मित वडा भवन उद्घाटन हुने भएको छ ।

तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतित्थ्यतामा उद्घाटन हुन लागेको उक्त भवन करिब ४९ लाखमा सम्पन्न भएको थियो । ठुलो पर्सेल जनतालाई सरकारी सेवा उपलब्ध गराउनका लागि निर्मित भवन तेमाल गाउँपालिकाको नै नमुना भवनको रुपमा चर्चामा रहेको छ ।

एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएको वडा भवन कोभिड (१९) को कारणले संचालनमा आउन सकेको थिएन ।वतर्नमा समयमा कोभिडको त्रास रहेता पनि ठुलो पर्सेलको जनतालाई उक्त भवनबाट सेवा सुविधा दिनु पर्ने आवश्यक्ता देखिएको कारणले भवनलाई संचालनमा ल्याउनका लागि यो कार्यक्रम आयोजना गर्न बाध्य भएको उहाँले बताउनु भयो ।

भदौ एघार गते वडा भवन कार्यालयको उद्घाटनसँगै फुलबारी, घेराबर, खानेपानी र वडाको वस्तुगत विषय वस्तुलाई समेटेर तयार पारेको वडा भिडियो प्रोफाइलको पनि उद्घाटन हुने जानकारी वडाध्यक्ष विकुलाल तामाङले जानकारी दिनुभएको छ ।

वडा उद्घाटन कार्यक्रममा तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङ विशेष अतिथिकोरुपमा रहने छन् भने अतिथिमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, तेमाल गाउँपालिकाका १७ जना कार्यपालीका सदस्यहरु लगाएतका व्यक्तिहरुलाई अतिथिको रुपमा निम्तो दिइसकेको वडाध्यक्ष विकुलाल तामाङले सारा खबरलाई जानकारी दिनुभएको छ ।

वडाध्यक्ष तामाङका अनुसार उक्त अवसरमा विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिनु भएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार तथा सेलो सम्राट चन्द्रकुमार दोङ, संगीतकार तथा गायक विशाल काल्तान, गायिका जितु लोप्चन, गयिका निर्मला घिसिङ, गायक जोगलाल तामाङ, गायक प्रयास दोङ, गायक सेरप रुम्वा, नायक तथा निर्देशक अमिर दोङ, नयिका शुष्मा मोक्तान, नायिक उर्मिला वाइवा, वाईस के ग्रुप र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने छन् ।

भदौ ११ गते हुने वडा भवन उद्घाटन कार्यक्रममा सम्पुर्ण वडावासीहरुलाई उपस्थितिका लागि वडाध्यक्ष विकुलाल तामाङले हर्दिक अनुरोध गर्नुभएको छ ।

विकास निर्माणमा उच्चतम् जन सहभागिता,शु शासन र समृद्ध ठुलो पर्सेल निर्माणमा हाम्रो प्रतिवद्धता”

भौतिक संरचनाको निर्माण तथा स्तरोन्नतीमा यो वडा अग्रपंक्तिमा रहेको छ । तेमाल गाउँपालिकामा नै पहिलो सुविधा सम्पन्न वडा कार्यलय निर्माण गर्न वडाध्यक्ष विकुलाल तामाङ सफल हुनु भएको भने पञ्चकन्या माध्यमिक विद्यालयको भवन निर्माण, सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन र भूकम्प पुनः निर्माणको कार्यमा शत्प्रतिशत सफलता प्राप्त भएको छ ।

यस वडाको पहल र समन्वयमा नेपालसँगको साझेदारीमा शान्ति जन आदर्श सेवा केन्द्र, काभ्रे द्वारा सञ्चालित काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना मार्फत जग्गा नभएकाहरुका लागि समेत जग्गा व्यवस्थापन गरी यस वडाका विपन्न व्यक्तिहरु भिम बहादुर नेपाली, उमेश नेपाली र मिम माया तामाङको भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । साथै घर निर्माण गरि सकेका १० घर परिवार तर आर्थिक अभावका कारण झ्याल ढोका तथा छाना छाउन नसकेका अति विपन्न परिवारहरु, एकल महिला, जेष्ठ नागरिकहरुका लागि आवश्यक सामग्री समेत उपलब्ध गराई सहयोग गरिएको छ ।

विकास पूर्वाधारको मेरुदण्ड नै यातायात भएकोले यस वडाको प्रत्येक टोलमा सडक सञ्जालको विस्तार भएको छ ।

बनेपा, धुलिखेल, पाँचखाल, तामाघाट, बोहोरेदोभान, ठुलोपर्सेल जिल्लाको सदरमुकामसम्म आइपुग्ने मुख्य सडक मार्ग हो भने ठुलो पर्सेल समिन घुम्तिबाट तल्लो छाप, माथिल्लो छाप सिंगटी हुँदै पोखरी नारायणस्थान तेमाल गाउँपालिकाको कार्यलयसम्म जोड्ने सडक खण्ड रहेको छ । बन्देवी खोला, समिन बसपार्क सडक खण्ड, आहालडाँडा वडा कार्यलय लथानटोल, छाप, चिहानडाँडा जोड्ने सडक खण्ड, गोठडाँडा, मोक्तानटोल राम्पति सडक खण्ड, छापधारा भालेस्वाँरा ट्वाङगल सडक खण्ड,छापडाँडा चिहानडाँडा सडक खण्ड, कोल्तोङ स्वास्थ्यचौकी सडक खण्ड, पँधेरोटोल चिहानडाँडा लाछी टोल सडक खण्ड, भुमेस्थान, झगरबेसी सडक खण्ड, रातमाटे टाङटुङ मुकुन्दे भँगालो सडक खण्ड, भुमेस्थान, घ्याम्राङ, पुर्खाङडाँडा सडक खण्ड , ठुलो पर्सेल बसपार्क, मस्ते बेसी, दोवान्टार सडक खण्ड, आहाल डाँडा देविस्थान सडक खण्ड, ठुलो पर्सेल बसपार्क, आहालडाँडा, पकुवाल, सहि पधेराटोल सडक खण्ड, आहालडाँडा, सल्यानी धुल्खु सडक खण्ड, पकुवाल बुद्घपार्क, चापाखोरी सडक खण्ड, भुमेस्थान, लाजीटोल सडक खण्ड, ढलटाबेसी, कोल्पुघाट सडक खण्ड, पञ्चकन्या मन्दिर रातमाटा सडक खण्ड, पुर्खाङ डाडा, चिहानडाँडा सडक खण्ड, पकुवाल चिहानडाँडा सडक खण्ड, पकुवाल जर्गाटोल सडक खण्ड, गरी ठुलो पर्सेलमा हाल २४ ओटा कच्ची सडकहरु संचालनमा रहेका छन् ।

यसैगरी सामुदायिक भवनहरु, मठ मन्दिरहरु, चौरी देउराली जोड्ने झोलुङ्गे पुल, तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्था लि। को भवन आदि वडाको भौतिक पूर्वाधारहरु हुन् ।

अन्य वडाको आधारमा भौतिक पुर्वधार निर्माण विकासमा ठुलो पर्सेल अग्रपंक्तिमा नै देखिन्छन् । थप सुधारका लागि अन्तिम कार्यकालमा विशेष योजनाका साथ वडाध्यक्ष विकुलाल तामाङ लागि रहेको उहाँले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »