सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोपनीयता भंग हुने भिडिओ सामाजिक सञ्जालमा प्रसारण गर्ने तीन जना पक्राउ

गोपनीयता भंग हुने गरी भिडिओ खिचेर सामाजिक सञ्जालमा अपलोड एवं प्रसारण गर्ने तीन जना पक्राउ परेका छन् । झापाको विर्तामोडस्थित एक होटलमा खाजा आइरहेका बेला बिना अनुमति भिडिओ खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की रहेका छन् ।

पीडित पक्षले घटनामा संलग्न ६ जनाविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरेलगत्तै युट्युवर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घटनामा संलग्न युट्युवर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएकाे छ ।

मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »