सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा नं. ६ ठुलो पर्सेलको वडा भवन उद्घाटनको तयारी पुरा

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको नव निर्मित वडा कार्यलय भवन उद्घाटन कार्यक्रमको तयारी पुरा भएको छ ।

वडाध्यक्ष विकुलाल तामाङ (मोक्तान)ले भदौ ११ गतेको उद्घाटन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको हो । तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतित्थ्यतामा हुनलागेको कार्यक्रममा उप प्रमुख दुर्गामाया तामाङ, प्रत्यक वडाका वडाध्यक्षहरु लगाएत राजनीतिक दलका नेताहरु अतिथिकोरुपमा रहने छन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको समय अवधि पुरा हुन अब केही समय बाँकी छ । वडा कार्यलय भवनको उद्घाटन कार्यक्रम, वडाध्यक्ष विकुलाल तामाङकोलागि एक अवसर हो । यो कार्यक्रमको माध्यमबाट उहाँले चारवर्षको अन्तरालमा गरिएका महत्वपुर्ण कार्यहरुको बारेमा जनतालाई प्रत्यक्ष कार्यक्रम स्थलबाट बुझाउन पाउने अवसर मिल्नेछन् भने जनताले पनि उहाँले गरेको कामको मुल्यङ्कन गर्ने समय हो ।

कार्यक्रममा तामाङ समुदायक वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङ, नायक अमिर दोङ, संगीतकार तथा गायक, शब्द रचनाकार विशाल काल्तन, गायिका शकिकला मोक्तान, गायिका जितु लोप्चन, गायिका निर्मला घिसिङ, संगीतकार तथा गायक जोगलाल तामाङ, गायक प्रयास दोङ, नायिका शुष्मा मोक्तान, नायिका उर्मिला वाइवा, मोडल बसन्ती ब्लोन, गायक सेरप रुम्बा, र तामाङ समुदायमा पछिल्लो समयमा निकै चर्चा कामउन सफल वाई यस के ग्रुपको बेजोड प्रस्तुती रहने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »