सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरके शर्मा द्वारा एनआरएनए आइसिसी को २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाठौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को २०२१–२०२३ कार्यकालका लागि आरके शर्मा (राजेन्द्रकुमार शर्मा)ले उम्मेदवार उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
शर्माले गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा विभिन्न समयक्रममा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । शर्माले विगतमा मध्यपूर्व संयोजकको २ बर्षे कार्यकाल तथा आइसीसी सचिव पदमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसैक्रममा
संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको शर्माले बताए ।

शर्माले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीका विभिन्न साता अधारसमेत प्रस्तुत गरेका छन् । सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता,
रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार,
राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान गर्ने भन्दै शर्माले सात आधार प्रस्तुत गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदको उम्मेदवार म आरके शर्मा (राजेन्द्रकुमार शर्मा)को अपील
आदरणीय गैरआवासीय नेपाली अग्रज,दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम, म यहाँहरु सबैमा नेपालीहरुको नजिकिदै आएका महान चाडपर्वहरुको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । यो अवसरमा म समस्त नेपाली र विश्वभर विभिन्न क्षेत्रमा क्रियाशिल मेरा गैर आवासीय अग्रज तथा मित्रजनहरुमा सुस्वास्थ्य, दीर्घायू तथा निरन्तर प्रगतिको कामना गर्दछु । कोभिड महामारी अझै साम्य नभएकाले सबैमा स्वास्थ्य सावधानी अपनाउन र सजक रहन हार्दिक अपील गर्दछु ।
विश्वभर छरिएर रहेका नेपालीमनहरुलाई एकताबद्ध गर्दै मातृभूमी नेपालको विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १८ बर्ष पुगिसकेको छ । यो यात्रालाई सफलतापूर्वक यहाँसम्म ल्याई पु¥याउन हाम्रा अग्रज तथा तपाईहरु सबैको लगाव र समर्पणले सम्भव भएको हो । सबैको साझा प्रयासले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीको साझा संस्थाकोरुपमा विकास भएको छ । ८० भन्दाबढि देशमा औपचारिक सञ्जालको विस्तार गरेर एनआरएनए वास्तवमै जुनसुकै भुगोलमा रहने नेपाली मनहरुको साझा संस्था बनेको छ ।
गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा म विभिन्न समयक्रममा यहाँहरुको विश्वासमा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरेको छु । मध्यपूर्व संयोजकको २ बर्षे कार्यकालको अवधि होस् या आइसीसी सचिव पदमा रहेर यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
म मध्यपूर्व संयोजक हुँदा होस् या आइसीसी सचिव हुँदा हामीले एनआरएन अभियान र सरकारले चाल्नु पर्ने कदम तथा दीर्घकालिनरुपमा अपनाउनु पर्ने पोलिसीका विषयहरु निरन्तर उठाइ रहेका छौं । केही विषयहरु संवोधन भए पनि हामीले उठाएका केही मुद्धाहरुलाई स्थापित गर्न अझै सकेका छैनौ । सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउँदै श्रमिकहरुको सम्मान र देश विकासको रामवाण रेमिट्यान्सको सही सदुपयोग अझै हुन सकेको छैन । एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने मेरो अभियान छ । मेरो तन,मन र धन सदैव एनआरएन अभियानमा समर्पित रहने ब्यहोरा हार्दिकताका साथ अनुरोध गर्दछु ।
विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । एनआरएनको यो अभियानलाई थप उचाईमा पु¥याउन सतप्रतिशत प्रतिबद्धत रहेको जानकारी गराउँदछु ।

भर्खरै

सम्बन्धित खबर

Language »