सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पहिलो पटक चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेले गरे रक्तदान २३ जनाले रक्तदान


मंसूर अली इद्रिशी

नेपालगन्ज पहिलो पटक आयोजना गरेको चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेले रक्तदान कार्यक्रममा २३ जनाले शनिवार रक्तदान गरेका छन् ।

रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिनको लागी नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–८ नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी आयोजित रक्तदान कार्यक्रममा चौरसिया समाज बाहेकका पनि स्वयंसेवी रक्तदाताहरुले रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया, समाजका बाँके जिल्लाका अध्यक्ष रमेश कुमार नाग, डा. प्रकाश नाग, डा.रबि भूषण प्रसाद चौरसिया, पप्पु कुमार जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो रक्तदान कार्यक्रममा चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया र बाँके जिल्लाका अध्यक्ष रमेश कुमार नागले १–१ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
यसरी सो रक्तदान कार्यक्रममा बीरेन्द्र कुमार शर्मा, पप्पु गोडिया, कमलेश कुमार लखेर, पवन कुमार कुम्हार, दिनेश प्रसाद तमोली, रबिन्द्र कुमार तमोली, दिपक कुमार नाग, भरम रावत, अमर खत्री, राम गोपाल तमोली, बाउर तमोली, पंकज तमोली, बिनोद कुमार तमोली, बंशीलाल नाग, रितेश नाग, सन्तोष कुमार चौधरी, धर्म बडुवाल, रमेश तमोली, शिव कुमार जायसवाल, सुभेन्द्र तुलाधर, रोहित नाग, लगायतले रक्तदान गर्नुभएको थियो ।

शिरिष कुमार नागद्वारा सञ्चालित रक्तदान कार्यक्रममा डा. प्रकाश नाग, डा.रबि भूषण प्रसाद चौरसिया, महेन्द्र उच्च माध्यमिक बिद्यालय रानी तलाव नेपालगन्जका पूर्व प्राचार्य पूरन चन्द्र तमोली, चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया र बाँके जिल्लाका अध्यक्ष रमेश कुमार नागले रक्तदाताहरुलाई प्रमाण –पत्र बितरण गर्नुभएको थियो ।


सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–११ पासाङ्ग ल्हामु मार्ग स्थित रहेको बैष्णवी हस्पिटल प्रा.लि.का डा.सुरेश कुमार नागको सहयोगमा समपूर्ण रक्तदाता लगायत अन्य सहभागीहरुको समेत निःशुल्क ग्लुकोज (सुगर) को जाँच राज कुमार यादव र सन्तोष ताम्राकारले गर्नुभएको थियो ।

कार्यक्रममा चौरसिया समाज बाँकेका सचिव रमेश चौरसिया, कोषध्यक्ष राजेन्द्र प्रसाद जैसवाल, समाजका सल्लाहकार परशुराम नाग, अनिता तमाोली, मोतीराम तमोली, कसौंधन बैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य लगायत कोहलपुर नगरपालिका, जानकीगाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकाको विभिन्न ठाउँमा छरिएर बसोबास गरी रहेका समाजका स्वजातीय बन्धुहरुको पनि सहभागिता रहेको थियो ।

यसरी केही दिनमैं समाजले कोहलपुर नगरपालिका वार्ड नं.–१४ हवलदारपुरमा बाउर तमोलीको संयोजकत्वमा चौरसिया समाजको आयोजनामा गरिने भएको छ । सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, उपासना सुनार, रिता न्यौपाने, केसरसिंह डाँगी, बीरेन्द्र योगी प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »