सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्पतालमा बम राखेर फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।

धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »