सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले संसदीय दलको बैठक जारी

२७ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको आक्रोशमा एमाले सांसदहरुले गत शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको आसन अगाडिको माइक खोसेर सभामुखको आसनतर्फ प्रहार गर्ने कोसिस गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »