सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इरानमा शक्तिशाली भूकम्पको धक्का : मानिसहरूको भागाभाग

कोरोना भाइसरले आक्रान्त बनेको इरानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । जानकारी अनुसार इरानको उत्तर पश्चिमी प्रान्त, पश्चिम अजरबैजानको कोतुर क्षेत्रमा फेरि भूकम्प गएको हो । इरानको भूकम्प केन्द्रले यो जानकारी दिएको हो ।

यो भूकम्प स्थानीय समय अनुसार बेलुका आएको थियो र यसको केन्द्रबिन्दु १२ किमि गहिराईमा रहेको थियो । सिन्ह्वाका अनुसार आइतवार ५.७ रेक्टर परिमाणको भूकम्पले पनि यही क्षेत्रमा १०० जना घाइते बनायो र दर्जनौं गाउँलाई क्षति पुर्‍यायो । स्थानीय रिपोर्टका अनुसार भूकम्पबाट प्रभावित क्षेत्रको बिजुली प्रणाली ठप्प भएको छ ।

पश्चिम अजरबैजान प्रान्तका गभर्नरले आईआरआईभी टिभीलाई भने कि पहाडको बीचमा भएको कारण क्षेत्र दुर्गम स्थानमा छ । उनले भने कि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »