सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दसैंको लागि आजदेखि नयाँ नोट सटही हुने

बैङ्क तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दसैँलाई ध्यानमा राखी बैङ्क तथा वित्तीय संस्थाले नयाँ नोट साट्ने सुविधा प्रदान गर्न लागेका हुन् ।

दसैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैङ्कका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैङ्कले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने केन्द्रीय बैङ्कको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाबाहिर राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कले तोकेको आफूनजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सक्नेछन् ।

केन्द्रीय बैङ्कले १५ अर्ब रुपैयाँ बराबरको ५, १०, २०, ५० र १०० दरकाे प्रयाेगमा नआएकाे नोट वितरण गर्ने तयारी गरेको छ ।

नयाँ नोट लिनका लागि केन्द्रीय बैङ्कको कार्यालयमा सर्वसाधारणकाे लामो लाइन लाग्ने गरेको यथार्थ आत्मसात् गर्दै यसपटक २७ वटै वाणिज्य बैङ्क र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »