सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तालिवान सरकारले सार्वजनिक गरेको मन्त्रीको सूचीमा महिलालाई समावेश गराएनन्

काठमाडौं- अफगानिस्तानमा शासन गरिरहेको आतंकवादी संगठन ‘तालिबान’ले मन्त्रीको सूची सार्वजनिक गरेको छ। तालिबानले महिलाहरूलाई अधिकार दिइने बताइरहेको भए पनि यस पटक सार्वजनिक गरिएको मन्त्रीको सूचीमा महिलाहरू अटाउन सकेका छैनन्।
तालिबानले उल्टै महिला मन्त्रालय हटाइदिएको छ। यसले अफगानिस्तानमा पुरुषले मात्रै राज्य सञ्चालन गर्ने देखिएको छ।

तर, तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि स्कुल गएर बढ्ने वातावरण मिलाइने भन्दै आस्वासन दिएको छ। तर, जनतालाई यो कुरामा विश्वास लागिरहेको छैन।

तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले अफगानिस्तानको राजधानी काबुलमा पत्रकार सम्मेलन गर्दै मन्त्रीहरूको सूची सार्वजनिक गरेका हुन्।

यसले तालिबानलाई अन्तराष्ट्रिय आलोचनाको कुनै प्रवाह नभएको र समावेशिता तथा महिलाको अधिकारमा जिम्मेवार नभएको प्रस्ट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, प्रवक्ता मुजाहिदले हजारा जस्ता अल्पसंयकलाई मन्त्री मण्डलमा समावेश गरिएको र महिलाहरूलाई पनि पछि समावेश गर्न सकिने बताएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »