सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गीतकार संगीतकार मिना लामाको गीत “परदेशको पिडा (आमा)” सार्वजनिक

गीतकार संगीतकार मिना लामाको गीत “परदेशको पिडा (आमा)” सार्वजनिक भएको छ । राजधानीको चावहिलस्थित जुम वर्गर तामाङ फापरे जुहारी साँझ” मा बरिस्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आतिथ्यमा कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो । राजकुमार बानियाँको आवाजमा रहेको “परदेशको पिडा” गीतमा मिना लामा स्वयंको शब्द संगीत रहेको छ भने कृष्ण शताब्दीले यस गीतलाई संगीत संयोजन गरेका छन् । गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत हेर्न सकिन्छ ।

गीतमा वर्षेनि विदेशिएका नेपाली युवाहरूको कथा-व्यथा लाई प्रस्तुत गरिएको छ । देशको लथालिङ्ग राजनैतिक अवस्थाले सिर्जना गरेको आर्थिक समस्या र बेरोजगारीका कारण घर-परिवार, आफन्त र मुलुक छोड्नुपर्दाको बाध्यता र विवशतालाई गीतमा अत्यन्त मार्मिक र सुन्दर ढंगले प्रस्तुत गरिएको छ । घरपरिवारका अनेकौं आवश्यकता पुरा गर्न र साहुको ॠण तिर्न सुनौलो भविष्यको कल्पना गर्दै विदेशिएका युवाहरूले परदेशमा झेल्नुपरेको दुख पीडालाई गीतमा रोदनको रूपमा प्रस्तुत गरिएको छ । स्वदेशमा घरपरिवारले विदेशमा विकसित ठाउँमा सुख-सयलले बसेको, राम्रै कमाइ गरेको वाहिरी कुराहरुलाई मात्रै देख्छ । परदेशीको पिडा-रोदनलाई वास्तविक रूपमा आमाले मात्रै बुझ्ने कुरालाई यस गीतमा आमाको माया-ममता र महानतालाई उठान गरेको छ ।

यस गीतको भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ । गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने रमेश कुमाले भिडियो सम्पादन गरेका हुन् । गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »