सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसबुकको सेवा एक्कासि किन रोकियो ?

काठमाडौं, १९ असोज । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ। सोमबार राति देखि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी घन्टौं अवरुद्ध भएको थियो।


डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका थिए। फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै ३९ हजारभन्दा बढीले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेको एजेन्सीहरुले जनाएका छन्। नेपालसहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको समाचारहरुमा उल्लेख छ।

डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको थियो।कम्पनीले अबेर रात समस्या समाधान गरेको थियो। फेसबुकमा के समस्या भएको बारे जानकारी नदिए पनि आफ्ना सेवाहरु अनलाइन भइसकेको जनाएको छ। यसबाट पर्न गएको असुविधानप्रति फेसबुकले माफीसमेत मागेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »