सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक मिलन दोङको गीत “एला माया जक्की” ले टिकटकमा श्रोता दर्शकको अत्याधिक माया बटुल्दै

केही समय अगाडि युट्युबमा सार्वजनिक गरिएको गायक मिलन दोङ्को तामाङ मौलिक गीत ” एला माया जक्की” यतिखेर टिकटकमा चर्चाको शिखरमा छ । यस गीतलाई बालबालिका देखि वयस्क, वृद्धसम्मले रुचाइएको छ । छोटो समयमै यस गीतलाई श्रोता दर्शकले अत्याधिक रुचाइएको टिकटकमा देख्न सकिन्छ । यो समाचार तयार पार्दा सम्म यस गीतले युट्युबमा १ लाख ४७ हजार भ्युज पाउन सफल भएको छ । अहिलेको आधुनिक समय र समाजमा यस्ता मौलिक गीतहरूले यसरी श्रोता दर्शकको माया पाउनु भनेको तामाङ समुदायले आफ्नो मौलिक गीत-संगीतलाई मनैदेखि आत्मसात गर्नु हो । यस गीतमा संसारभर छरिएर रहेका नेपाली देखी विदेशीहरु विशेष गरी कोरिया र जापानी मुलका नागरिकहरुले समेत टिकटकमा रमाउँदै भिडियो बनाएको देख्न सकिन्छ ।

यस गीतमा शब्द र स्वर गायक मिलन दोङकै रहेको छ भने उनलाई गायिका अञ्जु थोकरले स्वरमा साथ दिएकी छिन् । गीतमा संगीत भने छेडुप मोक्तानले भरेका हुन् । गीतलाई संगीत संयोजन एरेञ्जर पवन वाङ लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा नायक कुमार मोक्तान र मोडल निरञ्जली स्याङ्तानको नृत्य अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »