काठमाडाैँ। तेमाल गाउँपालिका वडा नंं. ६ ठुलाे पर्सेलकाे पन्चकन्या उच्च माध्यमिक विद्यालयमा शिक्षक-विद्यार्थी- अभिवाभक बीच भएकाे अन्तरक्रिया कार्यक्रमबाट अभिभावकले नै छाेरा छाेरीकाे शिक्षामा चासाे नदेखाएकाे र शिक्षकहरूले विद्यार्थीलाई अनुशासनकाे दायरा भित्र राख्न नसकेकाे वडा शिक्षा समितिकाे निष्कर्ष रहेकाे छ ।
वडा शिक्षा समितिले आयाेजना गरेकाे उक्त शैक्षिक अन्तरक्रिया कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थिका ३०० जना भन्दा बढि अभिभावकलाई पत्रचार गरिएकाेमा जम्मा ४० देखि ४५ जना अभिभावकको मात्र उपस्थिति रहेकाे वडा अध्यक्ष विकुलाल माेक्तान तामाङले सारा खबरलाई जानकारी दिनु भयाे ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/02/88052243_674919116582768_6600172734498471936_n.jpg?fit=1024%2C768&ssl=1)
उहाँले भन्नु भयाे ”हामीले सम्पुर्ण अभिभावक, तेमाल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुख र शिक्षा शाखाका प्रमुखलाई निम्ताएकाे थियाे तर उहाँहरू काेहि पनि उपस्थित हुन सकेन र अभिभावकहरू पनि जम्मा ४० देखि ४५ जना मात्र उपस्थित भयाे । यसले पनि के प्रस्ट भएकाे छ भने आफ्ना छाेराछाेरीकाे भविष्य प्रति आमा बुबाले नै चासाे नदेखाएकाे देखिएकाे छ । त्यसकारणले पनि शिक्षामा राम्राे नतिजा ल्याउन नसकेकाे हाे कि ? भन्ने आजकाे अन्तरक्रिया कार्यक्रमकाे निष्कर्श रहेकाे छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेल बहादुर तामाङ, शिक्षा अभिभावक संघका अध्यक्ष लालबहादुर तामाङ लगाएत अन्य सराेकारवालाहरूकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएकाे थियाे ।
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/02/88077982_189732689015026_3179559517520134144_n.jpg?fit=1024%2C768&ssl=1)
शिक्षा अभिभावक संघका अध्यक्ष लाल बहादुर तामाङले अहिलेसम्म देखिएकाे जे-जस्ताे समस्याहरू छन् ति समस्याहरू अगामी दिनहरूमा दाेहाेरिन नदिनका लागि सुधारत्मक गतिविधिहरूलाई समेटेर छिटाे भन्दा छिटाे शैक्षिक अवस्था प्रगति उन्मुख गर्नका लागि संघले पहल गर्ने जानकारी दिनुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेलबहादुर तामाङसँग भने टेलिफाेन सम्पर्क हुन सकेन ।
हालसम्म देखिएकाे समस्याहरूलाई समाधान गर्नका लागि यही आउँदाे शुक्रबार अभिभावक समितिकाे बैठक बसी शैक्षिक सुधार गर्नका लागि नीति नियम निर्माण गर्नका लागि वडा शिक्षा समितिले सुझाव दिएकाे समितिका अध्यक्ष विकुलाल तामाङ माेक्तानले जानकारी दिनुभयाे ।
विद्यालयका प्र. अ. टंकमान लामाले पनि अभिभावकका केहि कमिकमजाेरका कारणले विद्यालयमा समस्या देखिएकाे स्वीकार गर्नु भयाे ।
शिक्षकले विद्यार्थीहरूलाई अनुशासनकाे दायरा भित्र राख्न नसकेकाे आराेप छ नि ? भन्ने प्रश्नमा उहाँले सारा खबरकाे संवाददातासँगकाे संवादका क्रममा बताउनु भयाे ”अनुशासन भन्ने कुरा आफैले पालना गर्ने कुरा हाे । दाेस्राे अहिले नयाँ भनेकाे शैक्षिक नियमकाे कारणले पनि विद्यार्थीलाइ नियन्त्रण गर्न गाह्राे भएकाे सत्य हाे किन भने विद्यार्थीलाइ गाली र सामान्य हातपात पनि गर्न पाउँदैन दाेस्राे कुरा मैले प्रत्येक अभिभावकहरूलाई फाेन सम्पर्क गरी वा उहाँहरूकाे घरदैलाेमा नै गएर पनि छाेरा छाेरीकाे रिजल्ट लिनका लागि आग्रह गर्दा पनि आउन मान्नु हुन्न भने केही अभिभावकहरूले त मेराे छाेरा मेराे नियन्त्रणमा नै छैन मैले कसरी सम्झाउने भनेर उल्टाे नै मलाई गुनासाे गर्नु हुन्छ । शिक्षकहरूलाई पनि सकेसम्म राम्राे गर्नका लागि मैले अनुराेध गरिरहेकाे छु । जति पनि कमिकमजाेरीहरू छन् त्यसलाई सुधार गर्दै लैजाने मेराे प्रयास जारी छ र सुधार गरेर नै छाड्नेछु ।”
याे अन्तरक्रिया कार्यक्रम गाउँपालिकाकाे उपस्थितिमा गर्ने याेजना भएता पनि गाउँपालिकाका काेहि पनि उपस्थिति हुन सकेका थिएन् । शिक्षा जस्ताे विषयमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू गम्भिर नभएकाे हाे कि ? भन्ने गुनासाे वडा अध्यक्ष विकुलाला माेक्तान तामाङकाे रहेकाे छ ।