सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङमा पतिको लाठी प्रहारबाट पत्नीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा सुनितालाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । सुनिता थापाका कान्छी श्रीमती हुन् ।
हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »