सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१३२ औं एपिसोड पश्चात् बन्द भयो मुन्द्रेको कमेडी क्लब

कलाकार जितु नेपालले निर्माण, निर्देशन र सञ्चालन गर्दै आएको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यक्रम बन्द भएको घोषणा गरेका हुन् ।  उनले हास्य कलाकार हिमेश पन्त र सुमन कोइरालासँग गरेको कुराकानी सोमबार प्रसारण भएसँगै कार्यक्रमको अन्त्य गरेको कार्यक्रममा जानकारी दिए । कार्यक्रमको चर्चित पात्र उमेश राई (फुलन्देकी आमा) ले अर्काे रियालिटी सो सन्चालन गर्ने भएपछि कार्यक्रमा बन्द गर्ने निर्णय गरेको उनले बताए । ‘अहिलेका अधिकांश रियालिटी सो भनिएका कार्यक्रमहरू २६–२७ सकिन्छ,’ उनले भने, ‘हामीले कार्यक्रमलाई नयाँ फम्र्याटमा ल्याउने भन्ने तयारी गर्दै थियौँ । म आवद्ध संस्थाले अर्काे टेलिभिजन कार्यक्रम ल्याउँदा त्यही पात्र दोहोरिने भएपछि गडबढी भएको हो ।’ 

उनले आफूले ‘जिरे खुर्सानी’पछि दर्शकलाई टेलिभिजन कार्यक्रममार्फत नयाँ स्वाद चखाउने प्रयास गरेको दाबी पनि गरे । ‘म ११ वर्षसम्म ‘जिरे खुर्सानी’ टेलिसिरियलमार्फत देखिएँ । आफू पनि स्ट्यान्ड अफ कमेडी गर्ने भएकाले नयाँ काम गर्ने रहर थियो,’ उनले भने, ‘मैले जोखिम मोलर ‘मुन्द्रेको कमेडी क्लब’ सुरु गरेँ । दर्शकले मन पराउनु हुन्छ हुँदैन भन्ने चिन्ता थियो । यहाँसम्म आइपुग्दा केही हदसम्म सफल भएको महसुस गरेँ ।’ उनले निकट भविष्यमा फेरि कार्यक्रम आउन सक्ने पनि बताए । ‘तत्काल केही योजना बनाएको छैन । तर, अर्काे नयाँ तरिकाले आउन सक्छ,’ उनले भने । मुन्द्रेको कमेडी क्लब’ हरेक सोमबार बेलुका ८:५० मा नेपाल टेलिभिजन र मुन्द्रेको कमेडी क्लब युट्युब च्यानलमार्फत प्रसारण हुँदै आइरहेको थियो । 

भर्खरै

सम्बन्धित खबर

Language »