
नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाको चिडिमार वस्तीमा आयोडिन नुनको प्रचारात्मक कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दको नेतृत्वमा शनिबार चिडिमा वस्तीमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
फेब्रुअरी महिना आयोडिन महिनाको रुपमा मनाउने गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाबाट सुरु भएको जनचेतनामुलक रयाली सुर्खेतरोड हुँदै चिडिमार वस्तीमा पुगेको थियो ।
भेरी नर्सिङ कलेज नेपालका विद्यार्थीहले आयोडिनको महत्वबारे बुझाउदै रयालीमा नारा लगाएका थिए ।
कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दले शारिरिक र मानसिककमजोरीबाट जोगिन आयोडिनयुक्त नुनको प्रयोग गर्न सुझाव दिनुभयो ।