सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके एमालेका खम्बा मोहम्मद हारुन केन्द्रीय सदस्यका स्वभाविक हकदार


नेपालगञ्ज, मधेस आन्दोलन तथा त्यसपछिका समयमा नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रुपमा प्रहार भईरहँदा नेपालगञ्जमा खम्बाको रुपमा अडिनुभएका मोहम्मद हारुन हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह इन्चार्जको रुपमा कार्यरत रहनुभएको छ ।

बाँके जिल्लाका स्थापित नेता हारुन विद्यार्थी र पत्रकारिताको राजनीतिसँगै एमालेको राजनीतिमा क्रियाशिल हुनुभएको हो । उहाँले पत्रकार महासंघको केन्द्रीय सदस्य र प्रेस चौतारी बाँकेको अध्यक्षको रुपमा सफलतापुर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

नेकपा एमालेको दुई पटक नेपालगञ्ज नगर कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभएका हारुन ७ पटक बाँके जिल्ला कमिटीको सदस्यको रुपमा काम गर्नुभयो ।

एमाले भेरी अञ्चल कमिटीको सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएका हारुन पार्टी सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठन र लोकतान्त्रिक मधेसी संगठनमा समेत निरन्तर सम्वद्ध रहँदै आउनुभएको छ ।

हारुन ईत्तेहाद संगठनको चार कार्यकाल केन्द्रीय उपाध्यक्ष र लोकतान्त्रिक मधेसी संगठनको सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यको रुपमा तराई मधेसमा एमालेको संगठन विस्तारमा निरन्तर क्रियाशिल रहँदै आउनुभएको छ ।

आप्mना कुरा प्रष्टसँग राख्न सक्ने हारुन कार्यर्कर्तामाझ लोकप्रिय नेताको रुपमा परिचित रहनुभएको छ । बाँके जिल्लामा केही समयअघि चार हजार ५०० बढि नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो । जिल्ला सह इन्चार्जको रुपमा यसमा हारुनको महत्वपूर्ण भूमिका रहेको एमाले बाँकेका नेताहरुको भनाई छ ।

हालसम्म राजकीय पदमा ईच्छा नराख्नुभएका हारुन पार्टी संगठन नै पहिलो रोजाई भएको बताउनुहुन्छ । पश्चिम नेपालकै स्थापित नेता हारुन आसन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक रहेका हारुनले केन्द्रीय सदस्यको रुपमा बाँकेमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निभाउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »