सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोटर्याक्ट क्लबद्वारा बालबालिकाहरुलाई न्यानो वितरण

काठमाडौं, २० पुस ।  सामाजिक अभियानहरुमा अहोरात्र खटिदै आएका रोटर्याक्ट क्लब अफ लमजुङ र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले संयुक्त रुपमा दलित वस्तिका गरिब विद्यार्थीहरुलाई चिसोमा न्यानो ज्याकेट प्रदान गरेको छ।

एरोमा टी स्टेट झापाको सहयोगमा यी दुई संस्थाले अत्याधिक चिसोमा पनि विविध समस्याहरुको सामना गर्दै गत शुक्रबार बेसिशहरस्थित एक विकट गाँउको श्री धनेश्वर प्राथमिक विद्यालयमा पुगी ३१ ससाना स- साना बालबालिकाहरुलाई ज्याकेट हस्तान्तरण गरेका थिए।

चिसो अत्याधिक बढेपछि दलितहरुको बाहुल्यता भएको सो बस्तिमा रहेको उक्त प्राथमिक विद्यालयका १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई न्यानो कपडाको अभाव भएको जानकारी प्राप्त भए पश्चात् आफूहरु तत्काल त्यस विद्यालयमा ज्याकेट बाड्न पुगेको रोटर्याक्ट क्लब अफ लमजुङकी अध्यक्ष लक्ष्मी श्रेष्ठ बताउँछिन्।

उनी भन्छिन्, ‘जाडो सबैलाई हुन्छ र केवल अभावका कारण कुनै बच्चाले मुटु कमाउने जाडोमा कठ्याङ्ग्रिनु नपरोस् भन्ने अभिप्रायले यो अभियान ढिलो नगरी तत्काल थालेका हौं। कम्तिमा यो पटक हाम्रो वरपरका ३५ साना भाइबहिनीहरुलाई मात्र भए पनि केही न्यानो कपडा प्रदान गर्न सकेकोमा खुशी लागेको छ र यस्ता अभियानहरु निरन्तर गरिरहने छौं।’

यता जाडोमा न्यानो पाएर बालबालिकाहरु हर्षित देखिन्थे भने उनीहरुको ओठमा मुस्कान छाउँदा सहयोगी मनहरु पनि खुशी भए । यसरी एक अर्कामा खुशी साटासाट गर्न पाउँदा जाडो मौसममा पनि सबैले न्यानो अनुभव गरे ।


https://www.facebook.com/Rotaract-Club-Of-Lamjung-1416381958573705/?ref=search&tn=%2Cd%2CP-R&eid=ARD8jHgM9Fvxk7VgbIylLdR1Ecnp4wdYHvo_Qr9-HkdWdXQ_9yE6p9exgsaAXH_rZiG48FfSZd3KiKQS

भर्खरै

सम्बन्धित खबर

Language »