नेपालगञ्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्माले जानकारी दिए ।

समितिको उपाध्यक्षमा किस्मत अलि शेष (जित) , रामप्रकाश दर्नाल र कृष्णकुमार शर्मा, सचिवमा नारायण गिरी, सह-सचिवमा पुष्पा खटिक र कोषाध्यक्षमा सबिता सुनार निर्वाचित भएका छन ।



सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्मा, बिकास खड्का, वाइसिएल बाँके इन्चार्ज किस्मत अलि शेष (जित) लगायतले सम्बोधन गरेका थिए । वाइसीएल नेपाल बाँके का इन्चार्ज किस्मत अलि शेष (जित)ले बताउनुभयो ।








