सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवा र नुवाकाेट राष्ट्रिय संगीत कलाकर्मी संघकाे साधारण सभा सम्पन्न

काठमाडौँ । राष्ट्रिय संगीत कलाकर्मी संघ रसुवा र नुवाकोटको संयुक्त आयोजनामा काठमाडौँको सामाखुशीमा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोट शाखाको अध्यक्ष दिनेश लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

मंसिर २० गते सोमबार भएको चौथो वार्षिक साधारण सभामा कलाकार आसमान वाइवाको प्रमुख आतित्थ्यतामा र विशेष अतिथिहरुमा राष्ट्रिय संगीतकर्मी संघको केन्दीय सदस्यहरु , तामाङ भाषाको खोज अनुसन्धान कर्ता अजितमान लोप्चन रहेका थिए ।

कार्यक्रममा कलाकारहरुको प्रतिभा प्रस्तुती र विभिन्न कलाकारहरुलाई, पत्रकारहरुलाई र सामाजमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेका थिए । यो भने सम्पुर्ण अतिथिहरुले कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

रसुवा र नुवाकोटमा लुकेर रहेका प्रतिभाहरुलाई संघको मार्फत बाहिर ल्याउन विगत लामो समय देखि कलाकार दावा फिन्जो लामा र दिनेश लामा निरन्तर लागि रहेका छन् । प्रत्येक वर्ष नुवाकोट र रसुवामा महोत्सवको आयोजना गरि त्यस क्षेत्रका कला, धर्म, भाषा र परम्परालाई सिंगो नेपाली सामु पु¥याउन विशेष योगदान दिएको छ । कलाकार दिनेश लामा हास्यकलाकार पनि हुन् भने दावा फिन्जो लामा नायक तथा मोडल हो ।

कार्यक्रमा मोडल तथा नायिका स्यामु लामा गुरुङको जन्मोत्सवको अवसरमा केक काटेर सम्पुर्णलाई नायक दावा फिन्जो लामाले उपहार दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »