सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकाको सहयोगले विद्यालयको स्तरोउन्नती भएको हो- प्रधानाध्यापक आदित्य कुमार बर्मा

नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिकाको वडा नं. ३ बन्जारेगाउँमा रहेको श्री माध्यामिक विद्यालयलाई बाह्र कक्षा सम्म अध्ययन गर्ने विद्यालय बनाउने प्रधानाध्यापक आदित्य कुमार बर्माको योजना रहेको छ ।


विद्यालय २०१७ सालमा स्थानपना भएपनि हाल सम्म राजनीतिक स्वार्थ र विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको नीति स्वार्थका कारण विद्यालयको स्तरउन्नोती नभएको प्रधानाध्यापक बर्माको भनाइ रहेको छ । दुई वर्ष पहिले बर्मा प्रधानाध्यपक भएपछि कक्षा ९ पठनपाठन सुरु गरेको विद्यालयमा यस वर्ष कक्षा १० सम्मको अध्यापन भइरहेको छ । उहाँ अनुसार विद्यालयको स्तरवृद्धिका लागि नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्षको प्रत्यक्ष सहयोगमा विद्यालयका भवन निर्माण र कक्षा १० सम्म अध्ययन गराउन सफल भएको बताउनु हुन्छ ।

May be an image of 7 people, people standing and outdoors


प्रधानाध्यापक बर्माले आफुले कक्षा ८ सम्म यसै विद्यालयमा अध्ययन गरेका बताउनदै आफु उच्चशिक्षा हाँसिल गरी प्रधानाध्यापकको जिम्मेवारी लिदा पनि विद्यालयमा ८ कक्षा मात्रै अध्यापन हुने गरेको बताउनु भयो । मैले प्रधानाध्यापकको जिम्मेवारी समाहल्दा जम्मा विद्यालर्थी १६५ जना रहेको र नियमित एक सयको हाराहारीमा विद्यार्थी पढन आउथ्ये तर हाल ४१६ विद्यार्थी विद्यालयमा रहेको उहाँले जानकारी दिनु भयो ।

May be an image of one or more people, people standing and outdoors

शिक्षामा जबसम्म परिवर्तन गर्न सकिदैन तब सम्म सबै प्रकारका परिवर्तन असम्भव हुने उहाँको धारणा रहेको छ । उहाँले बैचारिक रुपमा फरक विचार भएपनि जानकी गाउँपालिकाको नेतृत्वले विद्यालयका स्तरबृद्धिका सबै प्रकारको सहयोग गरेको बताउनु भएको छ । आगमी बर्ष गाउँपालिका, अभिभावक र विद्यालय प्रशासको संक्तयु पहलमा कक्षा ११ को पठनपाठन गराउने योजना रहेको उहाँको भनाइ छ ।

विद्यालय भौतिक पूर्वाधार विकास देखि शैक्षिक सुधार भएको कारण विद्यालयमा अझै विद्यार्थी संख्या बृद्धि हुने उहाँले बताउनु भएको छ । नीति स्वार्थ, सामान्ति सोच र कमजोर व्यवस्थाका कारण आज सम्म यस वडाका विद्यालय उमेरका विद्यार्थी शिक्षा आर्जनबाट बन्चित रहेकोले सोको अन्त्यका लागि आफु, अभिभाव एकजुट भएको बताउदै यस कार्यमा जानकी गाउँपालिकाको नेतृत्वले सहयोग गरेको उहाँले बताउनु भएको ।

भर्खरै

सम्बन्धित खबर

Language »