काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ पश्चिम क्षेत्र अन्तर्गत रहेको खुशिबुँ ईकाई समितिको कार्यालय भवन उद्घाटन तथा छैठौं साधारण सभा – २०७६ भव्यताका साथ सम्पन्न भएको छ।
विभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको सो कार्यक्रममा गायक तिलक बस्नेत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।
फागुन १७ गते शनिवार भएको उक्त कार्यक्रमको सभापतित्व ग्रील तथा स्टील व्यवसायी संघ पश्चिम क्षेत्र खुशिबुँ इकाईका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) ले गर्नु भएको थियो। त्यसै गरि प्रमुख अतिथिमा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाललाई निम्त्याइएको थियो। अतिथिहरुमा क्रमशः ग्रील तथा स्टील व्यवसायी महासंघका प्रथम उपाध्यक्ष ठुलो बाबू श्रेष्ठ, महासंघका प्रतिनिधित्व गरेर आएका केदार अधिकारी, जीवन भट्टराई, कमलमान श्रेष्ठ, शिव बानियाँ लगायतलाई आमन्त्रित गरिएको थियो। त्यसैगरी ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला, पूर्वी क्षेत्र र तेह्रवटा इकाईका अध्यक्ष लगायत कार्य समितिका सदस्यहरुलाई निम्त्याइएको थियो।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/03/88940198_198503024801347_5570516293070618624_n.jpg)
ग्रील तथा स्टील व्यवसायी संघ पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीको कार्यकालमा तयार भएको उक्त भवन कार्यक्रमका सभापती तोक बहादुर गधराज (तोकेन्द्र) को अध्यक्षतामा ग्रील तथा स्टील व्यवसायीहरुको संलग्नतामा च:मतिमा २ तल्ले पक्की घर खुशिबुँ – बालाजु – च:मति – ढल्को इकाईलाई हस्तान्तरण गरिएको हो। खुसिबुँ र गोङ्गबुँ जस्ता साना इकाईले गरेको सरहानिय कार्यको उच्च मुल्यांकन गर्दै महासंघ, जिल्ला, संघ लगायत अन्य इकाईहरुले पनि यस्तो कार्यको अनुसरण गर्नु पर्ने महासंघका प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ र पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी बताएका थिए।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/03/89184151_187342432574169_2019445686449209344_n.jpg)
नवनिर्मित भवनको उद्घाटनका साथैं साधारण सभा कार्यक्रमको समुद्धघाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सरकारको स्पष्ट नीतिको अभावमा ग्रील उद्यमीहरुलाई सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा सहभागी बन्न अप्ठ्यारो पर्दै आएको स्पष्ट पारे ।
उक्त कार्यक्रमका सभापति गधराजले अवैध रुपमा संचालित ग्रील उद्योग र घरघरमा गएर काम गर्ने प्रवृतिले वैध रुपले संचालित ग्रील उध्योगहरु संकटमा परेको हुँदा सबै व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/03/89030987_1456845831142945_2305569484221448192_n.jpg)
भवन निमार्ण गर्न आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई कार्यक्रममा महासंघका अध्यक्ष कटुवाल लगायत सम्पुर्ण व्यवसायीहरुको तर्फबाट सधन्यवाद सहित सम्मान गरिएको थियो ।