नेपालगन्ज, नागरिक बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेडको १३ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगर पलिका वडा नम्बर २ मा रहेको सहकारी सस्ंथाको साधारण सभामा आर्थिक वर्ष २०७७÷०७८ मा कुल पुँजी ८ करोड ५ लाख ५६ हजार १ सय ७१ रुपैया ३२ पैसा हासील गर्न सफल भएको छ ।

जसमा शेयर पुँजी १ करोड २४ लाख ७ हजार २०० रुपैयाँ रहेको छ । कुल बचत संकलन गर्न १४ करोड ५२ लाख २२ हजार ६ सय ४८ रुपैयाँ १० पैसा मात्र रहेकोे साधारण सभाका सभा अध्यक्षता ग्रहण गरेका जयलाल पराजुलीले जानकारी गराएका थिए । साधारणस भाका प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा सहकारी संघ लि।का बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवालीले नागरिक बचत तथा ऋण सहकारी सस्ंथाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको बताएका छन् ।

बाँके जिल्ला उकृष्ट सेवादारी संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गर्दै केही पुराना सहकारीले आर्थिक अनियमितता गरेकाले त्यसलाई निमिटेन्न गरी नागरिक बचत तथा ऋण सहकारी सस्ंथाले उत्कृष्ट काम गरी हामी सवैको सेवादायी संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भुमिका खेल्नु पर्ने बताएका छन् ।
विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि। नेफ्स्कुनका फिल्ड कार्यालय ब्यवस्थापन समितिका सदस्य मिना सिग्देलउले नागरिक बचत तथा ऋण सहकारी सस्ंथाले बार्षिक प्रदिवेदनले काल्पनीक नभएर यर्थात भएकाले सहकारी क्षेत्र भनेको जोखिम र सम्भावित र सम्भावना बोकेको ठाउँ भएकाले कुन चिजलाई समात्ने हो रु सहकारी निर्भर रहने भएकाले सहकारी नीति, विधि र प्रवृधि अनुसार चलेपछि केही डराउनु नपर्ने भएकाले संस्था सक्षम हुनका निमित्त मालिक सन्तुष्ट हुने पर्ने बताएकी छन् ।

अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख सगरनाथ योगी , सामाजिक बिकाश मञ्च बाँकेका कार्यक्रम सयोजक तेज बहादुर नेपाली, अछामी सेवा समाजका अध्यक्ष टेक बहादुर खड्का, ऋण उप–समिति संयोजकका रमेश कुमार मिश्रा लगाएतको सहभागिता रहेको सहकारीका व्यवस्थापक गोपाल थापाले बताएका छन् ।

सहकारीलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएको भन्दै उत्कृष्ट कर्मचारी दिपिका चलाउने, पुर्व अध्यक्ष कृष्ण प्रसाद जैसी, शेयर लागनी कर्ता शिव कुमार गुप्ता लगाएत सम्मान गरिएको थियो भने कार्यक्रम सहकारीका सचिव हिरेन्द्र बहादुर खड्काले सञ्चालन गरेका थिए ।








