सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिवपुरी मा.वि.मा नमुना सार्क सम्मेलन सम्पन्न

काठमाडाैँ । शिवपुरी मा.वि. महाराजगन्जको सभा कक्षमा कक्षा ७का विद्यार्थीद्वारा आयाेजना गरेका नमुना सार्क सम्मेलन सम्पन्न भएकाे छ ।

प्र.अ. दिवाकर दुरदर्शीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्र.अ. सिन्धु तुलाधर सभापतित्व रहेका थिए भने ISA संयाेजक सुलोचना न्यौपानेको संयोजकत्वमा project head सीता धमलाकाे नेतृत्वमा सम्मेलन संचालन भएकाे थियाे

British Council Connecting classroom अन्तर्गत International Award कार्यक्रम मार्फत सो कार्यक्रम गरेकाे थियाे । ISA मा रहेको प्रोजेक्ट ४, कार्यक्रम सामुदायिक र निजि विद्यालयको साझेदारीमा काठमाडौँ महानगरपालिकाका ४ सामुदायिक र ४ निजि विद्यालयहरुकाे सहभागी थिए ।

प्रत्येक विद्यालयले सार्क सदस्यका १,१ देशको प्रतिनिधित्व गरेका थिए। यसमा शिवपुरी मा.वि.ले नेपाल, नन्दी मा.वि.ले अफगानिस्तान , ज्ञानोदय मा.वि.ले पाकिस्तान, तिलिङ्ग्टार मा.वि.ले भुटान ,बृहस्पति बिद्यासदनले भारत , नोबेल एकेडेमीले माल्दिभ्स , युनाइटेड एकेडेमीले बंगलादेश र न्यु लीरा एकेडेमीले श्रीलंकाको प्रतिनिधित्व गरेका थिए। प्रत्येक विद्यालयबाट २ जना प्रतिनिधि एजेन्डा प्रस्तुत गर्न र अन्य दसरदस जना बिद्यार्थीहरु दर्शकका रुपमा उपस्थित थिए। साथै प्रत्येक विद्यालयबाट १,१ जना शिक्षकको उपस्थिति थियो।

आफ्ना आफ्ना प्रतिनिधि राष्ट्रका चुनौती र सम्भाबनाका बिषयमा बिद्यार्थीहरुले एजेन्डा प्रस्तुत गरेका थिए। कक्षा ७ को सामाजिक बिषय अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र सहयोग एकाइ भित्रको सार्क पाठ अन्तर्गत यो कार्यक्रम बिद्यार्थीहरुलाई प्रयोगात्मक सिप विकास गर्ने उदेश्यले राखिएको थियो। जसमा दिगो विकासको लक्ष्य नम्वर १७ ‘Partnership for the goals’ उपलब्धिमा सहयोग पुर्याउने अपेक्षासाथ सम्मेलनकाे आयाेजना गरकाे आयाेजककाे दाबी रहेकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »