काठमाडौँ । पुस १५ गते देखि टुडिखेल भरिभराउ छन् । प्राय सुनसान रहने यो स्थानमा अहिले टुङना, डम, खैैचरी लगाएत सेलो र लोेकभाकाका गीतहरुले संगीतमय बनाइ राखेका छ । पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । उधौली शुरु भएपछिको दोस्रो शनिबार आज टुँडिखेलमा साकेला नृत्य प्रदर्शन गरिएको हो ।
सकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
नाेटः याे फाेटाे राताेपाटीबाट साभार गरिएकाे हाे ।








