सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कारकादौंमा एकपछि अर्को सडक निर्माण गरिदैं

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा थप अर्को सडक कालोपत्रेको काम सुरु भएको छ ।

अमरनगरटोलमा सिद्धार्थभ्यूदेखि कुखुराफर्म हुदैं लग्दहवा जोड्ने सडकको बिहिवार वडा अध्यक्ष दिपक वर्माले शिलान्यास गर्नुभयो । कारकादौंमा यसैसाता तेजनगरमा हाईमाष्टलाईट जडानको शुभारम्भ भएकोमा थप सडक पनि शिलान्यास भएको छ ।


चालु आवमा कारकादौंमा ११ वटा पिसिसी सडक र ३ वटा कालोपत्रे सडकको निर्माण सम्पन्न भईसकेको छ । बाँकी सडकहरुको पनि ठेक्का प्रक्रियामा रहेको उहाँले बताउनुभयो । चालु आवमा वडाभित्रका विपन्न, दलित तथा मधेसी समुदायका लागि धारा जडान तथा सौर्य सोलार प्यानल जडान कार्य तिव्ररुपमा अघि बढेको वडा कार्यालयले जनाएको छ ।

सो अवसरमा टोलबासीका तर्फबाट विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै वडा अध्यक्ष वर्मा र सदस्य दिग्विजय ढुंगानालाई सम्मान समेत गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »