सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा थापा, प्रथम उपाध्यक्षमा शर्मा निर्वाचित

नेपालगन्ज, ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेमकुमार थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ ।


समितिको प्रथम उपाध्यक्षमा कल्पना शर्मा, महासचिवमा सुनिल रेग्मी सचिवमा कृष्णप्रसाद नगरकोटी, कोषाध्यक्षमा आश्बिनी कुमार गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा नरेन्द्र बहादुर चन्द सावित्री बस्नेत , श्याम भट्टराई ,सय्यद आमिर सखर, आनन्द प्रसाद गुप्ता निरज टन्डनलाई चयन गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष सुरज कुमार साहुको सभापतित्वमा भएको कार्यक्रममा ग्यास बिक्रेता संघका लुम्बिनी प्रदेश सदस्य लगायतको सहभागी रहेको थियो । बाँकेमा करिब १ सय भन्दा बढी बिक्रेता रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »