सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक अभियन्ता इन्दिरा शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेकि सहसचिवमा मनोनित

नेपालगन्ज, बाँकेका समाजसेवी इन्दिरा शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको सहसचिवमा चयन हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अनुसार जिल्ला सहसचिवमा शाहीलाई मनोनित गरेको जनाएको छ ।

“अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले भन्नुभयो, “हामीले व्यवहारमै पार्टीमा महिलालाई नेतृत्व तहमा पु-याएका छौँ ।” हरेक समितिमा महिलाको सहभागिता सुनिश्चित गरिएको बताए ।

No description available.
No description available.
No description available.

पुरुषसँगको प्रतिस्पर्धाबाटै आफू स्थानीय निर्वाचनमा नेतृत्वका लागि निर्वाचित भएर आएको बताउँदै शाहीले भन्नुभयो, पार्टी मेरो कामको मुल्यांकन गरेर जिल्ला सह-सचिवको जिम्मेदारी दिएको भन्दै धन्यबाद दिनु भयो । उहाँले पार्टीको नेतृत्व तहमा आउन अरु महिलालाई समेत आह्वान गर्नु भयो ।

No description available.
No description available.

“महिलाले इमान्दार र कुशलतापूर्वक पार्टीको नेतृत्व गर्छन् भन्ने विश्वासका साथ मलाई सह-सचिवमा चयन गरिएको हो”, उहाँले अनुभव समेत सुनाउँदै भन्नुभयो “म पहिलेदेखि नै सामाजिक सेवाको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गरिरहेको र पार्टी निकट महिला संगठनको पनि पहिलो पङ्क्तिमै बसेर काम गर्दै आएको हुँदा सहसचिवको जिम्मेवारी सम्हाल्न गाह्रो लागेको छैन ।

No description available.

राप्रपा महिला संगठन कि बाँके अध्यक्ष समेत रहनु भएकि शाहीले गणतन्त्रमा समान अधिकारको कुरा आए पनि नेपाली महिलाले अझैसम्म चुलोचौकामै सीमित हुनुपरेको बेला राप्रपाले महिलालाई नेतृत्व तह सम्म पु-याउनु उदाहरणीय भएको जिकिर गर्नु भयो ।

No description available.

“आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु-याउनु जरुरी छ” शाहीको भनाइ थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीमा शाहीको बाँकेमा राम्रो पकड छ । शाहीले भन्नू हुन्छ समाजको सेवा गर्नु नै राजनीति गर्नुहो उहाँ अहिले जनताको सेवामै सक्रिय हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »