सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका सिरी लोप्चन, गायक खेम मोक्तानको ल्हास्सो मैच्याङ

काठमाडौं । गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको ल्हास्सो मैच्याङ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान र चर्चित मोडल सुस्मा मोक्तान लगायत कलाकारहरुको दमदार नृत्य रहेका छन् ।

वरिष्ठ गायक एवं संगीतकार विश्व दोङको शब्द संगीत तथा अजय स्याङतनले निर्देशन गरेको उक्त भिडियोको छायांकन विक्रम मोक्तानले गरेको हो भने संगीत संयोजक दिपेश प्रधानको रहेका छन् ।

काठमाडौंको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको उक्त गीतको सह(कोरियोग्राफी नरेन मोक्तानको रहेका छन् । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछार नजिकिँदै गर्दा एकपछि अर्को सेलो गीत बजारमा सार्वजनिक भइरहेको छ ।

विशेषगरी म्हेन्दो माया गायिकाको रुपमा आफुलाई स्थापित गर्दै आएकि सिरी लोप्चनले यसपटक भने सेलो गीत ल्हास्सो मैच्याङ लिएर आएकि छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »