काठमाडौँ । नायिका तथा मोडल रोश्नी ब्लोन एक सय पचास जना विपन्न तथा एकल महिलाहरुलाई पछ्याैरी उपहार स्वरूप वितरण गरिएको छ ।
बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १ वनस्थली चोकमा रहेको एकल महिला तथा विपन्न परिवारको सदस्यहरुलाई पछ्याैरी वितरण गरिएको हो । विगतको वर्षहरुमा पनि नायिका रोश्नी ब्लोनले लत्ता कपडा, सिरक ढस्ना वितरण गर्दै आइरहेको थियो । यो वर्ष उनले वर्षभरि चिया खर्च खाना छुटाएको रकमबाट र रखेन्द्र तामाङ, हर्ष श्रेष्ठको दुई दुई हजारबाट पछ्याैरी खरिद गरि ति विपन्न परिवार तथा एकल महिलाहरुलाई पछ्याैरी वितरण गरेको सारा खबरलाई जानकारी दिएको हो ।
नायिका रोश्नी ब्लोन तामाङ समुदायमा स्थापीत कलाकार हुन् तर पछिल्लो समय उनीले आफ्नै गाउँ ठाउँमा भएको समस्याको समाधानकालागि लागीरहेका छन् ।
यो चिसो मौसममा केही राहत होला कि भन्ने विश्वासले एकल महिला तथा विपन्न परिवारको सदस्यलाई पछ्याैरी वितरण गरेको नायिका रोश्नीले बताउनु भयो ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/01/IMG-0a3fb7a9f56a20e4a7a8bcaf5bec7d32-V.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/01/IMG-0fae5bbfeb3076383f7aa51217960fab-V.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/01/IMG-1acd61b5c9273e1a4feed97e4a35a81d-V.jpg)