सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा खानेपानीमा निरौला नेतृत्वको प्यानलको प्रतिवद्धता सार्वजनिक

बाँके, बाँकेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको माघ २९ गते हुने निर्वाचनका लागि सतिश निरौला नेतृत्वको समावेशी – साझा समूहले खानेपानी सुधारका लागि ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिवद्धताको पहिलो बुँदामा खजुराबजारको मुख्य सडकमा देखिएको पाइपलाइ ब्यवस्थापन समस्याको तत्काल समाधान गरिने उललेख गरिएको छ ।

थप २ वटा बोरिङका लागी यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरि काम गर्न पहल गरिने, खजुराका मुख्य मुख्य सार्वजनिक स्थलमा सस्तो र सर्वसुलभ खानेपानी स्टेशन निर्माण गरि संचालनमा ल्याइने, खानेपानी अर्को मुख्य पाटो सरसफाइ समेत भएको हुँदा वडा न ३,४ र ५ मा सरसफाइको कामको जिम्मेवारी लिइ त्यसको उपयुक्त ब्यवस्थापन को लागी स्थानीय सरकार सङ्ग समन्वय गरि काम शुरु गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।


यसैगरी सस्थामा सोलार सिस्टम जडान गरिएपनी त्यो अलपत्र र प्रयोग बिहिन भएकाले सोलार सिस्टमलाई प्रयोगमा ल्याइ सस्थाको विद्युतिय शुल्क घटाइने, हालसम्म बिस्तार गरिएका पाइपलाइन र त्यसबाट प्रयोग भैरहेको धारामा समय तालीका अनुसारको कुनै बाधा ब्यवधान बिना पानी आपूर्ति गरिने, सस्थाले आफ्नो उपभोक्ताको लागी सस्तो मुल्यमा जारको पानी उत्पादन गरि सदस्य उपभोक्ता र सर्वसाधारण लाई शुद्ध पिउने पानीको ब्यवस्थापन गरिने, सस्था मार्फत थप दक्ष जनशक्ति बिकास गर्न खजुराबासीलाई प्लम्बिङ्ग र इलेक्ट्रीसियन सम्बन्धि तालिम का लागी खजुरा गाउँपालीका सङ्ग सहकार्यको प्रस्ताव गरिने प्रतिवद्धतामा जनाइएको छ ।

यसैगरी सस्थाको नयाँ प्रशासनिक भवन र गोदाम घर निर्माण गरिने, सस्थाको आर्थिक पारदर्शिता कायम गरिने, अनावश्यक खर्च कटौती गर्दै सस्थाको आर्थिक पक्षलाई थप चुस्त दुरुस्त बनाइ आर्थिक रूपमा सस्थालाइ बलियो बनाइने र सस्थाको बृहत्तर हित र बिकासका लागी सबै सङ्ग हातेमालो गरेर अगाडि बढिने तथा सस्थाको महसुल बक्यौता शुन्यमा झार्न बिशेष पहल गरिने प्रतिवद्धता ब्यक्त गरिएको निरौलाले बताउनुभयो ।

यसैबीच नेकपा एमाले र राप्रपा गठबन्धनको संयुक्त भेला बिहिवार खजुरा एक नम्बरमा सम्पन्न भएको छ । भेलामा सहभागीहरुले निरौला नेतृत्वको प्यानल सक्षम, योग्य र उपभोक्तामाझ लोकप्रिय भएका कारण विजय सुनिश्चित भएको दावी गर्नुभयो । बिहिवार विहानैदेखि राती उपभोक्ता माझ घरदैलो गरिएको सदस्य पदका उम्मेदवार किरणकुमार क्षेत्रीय जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »