नेपालगञ्ज , २०७९ बैशाख ३० गते स्थानीय तहको आसन्न निर्वाचनमा जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका अध्यक्षका उम्मेदवार राजीव बर्माले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरुबारे गाउँवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ ।

उहाँले जानकी गाउँपालिकालाई सहर नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ ।

यसका साथसाथै जानकी गाउँपालिकाको प्रत्येक वडामा क्रिकेट खेल मैदान बनाउनका लागी प्रतिबद्धता गर्नु लक्ष्य आफुले लिएको उहाँले बताउनु भएको छ ।

बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता जसपाबाट अध्यक्षका उम्मेदवार बर्माले व्यक्त गर्नु भएको छ ।



विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासंगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उहाँको योजना छ । उहाँले आफुले गरेका प्रतिवद्धता पुरा गर्न नसके राजनितिक जिवनबाट सधैंका लागि सन्यास लिने पनि बताउनु भएको छ ।


यीनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै बर्माले विजयी गराउन सम्पुर्ण गाउँवासीसंग हार्दिक अपिल पनि गर्नु भएको छ ।

उहाँले जनताको सेवामा दिनरात गाउँवासीका जनताको सुखदुखमा उभिएको दावी गर्दै यस पटक विजयी हुनेमा आशावादी रहेको बर्माको भनाई छ ।

उम्मेदवार बर्माले सामाजिक सञ्जाल मार्फत गर्नु भएका प्रतिवद्धतालाई स्थानीय जनताले सरकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको पनि जनता समाजवादी पार्टी बाँकेले जनाएको छ ।








