नेपालगञ्ज, नेपालगञ्ज धम्बोझीस्थित रेडियो सद्भाव ९१।२ मेगाहर्जले आयोजना गरेको १० दिने उद्घोषण तथा पत्रकाारिता तालिम आज समापन भएको छ ।

तालिममा १६ जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उत्कृष्ट प्रशिक्षार्थीहरुलाई रेडियोमै रोजगारी दिने गरी तालिम आयोजना गरिएको रेडियोका स्टेशन प्रमुख नवीन गिरीले बताउनुभयो ।
तालिममा कार्यक्रम उत्पादन, कार्यक्रम सञ्चालन, समाचार लेखन, वाचन तथा अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्ने तरिका सिकाइएको तालिम संयोजक समीरमान श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा १५ बर्षदेखि ५० बर्षसम्मका विद्यार्थी, गृहिणी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । तालिममा स्टेशन प्रमुख गिरी, स्टेशन संयोजक श्रेष्ठ र बरिष्ठ कार्यक्रम उत्पादक खगेन्द्र दाहालले प्रशिक्षण दिनुभएको थियो ।