नेपालगन्ज, गुल्जार–ए– अदब बाँकेद्वारा आयोजितमा सिक गजल गोष्ठी उर्दू साहित्यकारले गजल वाचन गरेका छन् ।
नेपालगन्जउप–महानगरपालिका वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयमा उर्दू साहित्यकारहरुले मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए ।

सो कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुलल तीफ शौकको अध्यक्षतामा उर्दू साहित्यकार तथा सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी द्वारा सञ्चालित गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक,सैय्यद असफाक रसूल हाशमी (सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी,मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली,जमील अहमद हाशमी, मोहम्मद उमर, सदाब नेपाली, समीर अली शेष, लगायतले “अजीबशख्स है पानी के घर में रहता हैै”मिसर–ए–तरहमा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए ।

भने पंकज कुमार श्रेष्ठले नेपालीमा आफनो कविता वाचन गरेका थिए । सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीले बताएका छन् । उक्त गजल गोष्ठीमा शाद हुसैन र उमेर अहमद सादिक लगायतको सहभागिता रहेको थियो । यसरी गुल्जार–ए– अदब बाँकेद्वारा मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवारका दिन गरिने गरिन्छ ।








