काली देवी मिडिया हाउसकाे ब्यानरमा निर्माण भएकाे टेलिचलचित्र नम्बरीकाे २५ औं भाग पुगेकाे अवसरमा यही शनिवार राष्ट्रिय नाँचघरमा दिउँसाे १२ बजेदेखि विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।
टेलिचलचित्र नम्बरी नेपाली समाजमा घटेका घट्नाहरूलाई लिएर व्याङ्ग्यात्मक प्रहार गरी निर्माण भएकाे टेलिचलचित्र हाे ।
विनायक तामाङकाे निर्देशन र सञ्चकुमारी तामाङकाे लगानीमा निर्माण भएकाे याे टेलिचलचित्र भाद् गाउँ टेलिभिजनबाट प्रत्येक मंगलबार ८ः३० बजे प्रसारण हुँदै आएकाे छ ।
यसैगरी यही अवसरमा काली देवी मिडिया हाउसकाे ब्यानरमा निर्माण भएकाे म्युजिक भिडियाे उपहार र यन्जी पनि सार्वजनीक हुने आयाेजकले जानकारी दिएकाे छ ।
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/03/89357316_653628048727265_5283429786968915968_n.jpg?fit=1024%2C512&ssl=1)
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/03/81337283_2625235444262393_1409235789803421696_n.jpg?fit=1024%2C576&ssl=1)