सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा सशस्त्र प्रहरीले गर्यो एक गोदामबाट साढे १२ क्विन्टल चिनी बरामद

नेपालगन्ज , सशस्त्र प्रहरीले नेपालगन्ज सीमा नाकाको एक गोदाममा लुकाइराखेको ठुलो परिमाणमा अवैध चिनी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा गएको टोलीले आज नेपालगन्ज १६ सीमा नाकास्थित टंकपसेरी गाउँमा एउटा गोदाममा लुकाइराखेको अवस्थामा साढे १२ क्विन्टल चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेतले जानकारी दिएका छन् ।

नेपालगन्ज ल्याउनलाई ठुलो परिमाणमा चिनी एउटा गोदाममा लुकाएर राखिएको छ भन्ने बिशेष सूचनाका आधारमा गएको नायब निरीक्षक रोकायको टोलीले उक्त अवैध चिनी बरामद गरेको हो ।

त्यस्तै चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरीको सोही टोलीले नेपालगन्ज १६ जयसपुरबाट २१ कार्टुन टमाटर र तस्करीमा प्रयोग गरिएका ३ वटा साइकलसमेत बरामद गरेको छ ।

सशस्त्रले बरामद गर्यो नेपालगन्जको एक गोदामबाट साढे १२ क्विन्टल चिनी

बरामद गरिएका साढे १२ क्विन्टल चिनी र २१ कार्टुन टमाटर र साइकललाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »