नेपालगन्ज ,आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर २२ पुरैनीबाट वडा अध्यक्षका उम्मेदवार चेत बहादुर घर्तिमगरले आफ्नो उम्मेदवारी दिने भएका छ्न ।

अघिल्लो बर्ष जनताले नै राप्रपाबाट सदस्यमा जिताएको अनुभव र आफुले बटुलेका अनुभवले यसपटक जनताको चासो अनुसार नै मैले अध्यक्ष पदको उम्मेदवार दिने घोषणा गरेको बताएका छन ।

मेरो वडामा सबै जात जातिका धार्मिकहरु बसोबास गर्ने हुनाले सामाजिक रुपान्तरण , सुदृढीकरणमा मेरो वडालाई बिशेश ध्यान हुने र सबैलाई समटेर लैजानेमा म नेतृत्व लिन तयार भएको र विकास र निकासको खोजीमा निरन्तर लागि रहने र हालसम्म पनि लागि रहेको छु र अझै १ पटक पुन मतदान गरि वडावासीका लागि केही गर्ने उदेश्यले उम्मेदवारी रहेको जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ ।

घर्तिले भने वडा अध्यक्षको उम्मेदवार मैले दिदा जनताको मुहारमा खुसी , युवाको साथ जोस जागर, बृद-बृद्वाको आशा र भरोसा ,ब्यवसायीको अपेक्षा , विद्यार्थीहरुले कुशल अभिभावक लगायत सबैको साथ र सहयोगले नै राप्रपा बाट अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु ।
अघिल्लो चुनावमा पनि नेपालगञ्ज उपमहानगरपालिका वडा न २२ बाट सदस्य पदमा जिताएको धन्यवाद दिदै पुन म पहिला वडामा नबसेपनि वडाकै निम्ति वडाकै लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष सहयोग होस भनेर बाँके जिल्ला समन्वय समितिमा गएको र म तेहाबाट आफ्नो २२ वडालाई सबै किसिमको सहयोग उपलब्ध गराएको र अब म वडामै बसेर वडाकै जिम्मेवारी लिएर काम गर्ने ईच्छा रहेकोले तपाईंहरुको साथ सहयोगले पुन वडाको बिकास गराउन राप्रपाबाट वडा अध्यक्षको उम्मेदवार गरेको छु ।








