नेपालगञ्ज, नेपालगञ्जमा आजदेखि श्यामानन्द वृहत एकल कला प्रदर्शनी सञ्चालनमा आएको छ । नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्धारा सिर्जीत हस्तकला, मुर्तीकला र चीत्रकलासहितको निशुल्क प्रदर्शनीको आज नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले उदघाटन गर्नु भएको हो ।


बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित श्यामानन्द वृहत एकल कला प्रदर्शनी १५ गते सम्म सञ्चालन हुने छ । श्यामानन्द कला संस्कृति प्रतिष्ठान, बाँकेद्धारा आयोजित निशुल्क प्रदर्शनी विहान ८ वजेदेखि साँझ ७ वजे सम्म अवलोकलन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
उपप्रमुख थापामगरले कला÷संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने सोंच भएपनि सहज बातावरण नबनेको स्वीकार्दै श्यामानन्द कला संग्राहलयको स्थापनाको पहल भइरहेको उदघोष गर्नु भयो । वरिष्ठ कलाकार श्यामानन्दसिंह ठकुरीले आफुले सिर्जना गरेका हस्तकला, चीत्रकलाको उचित व्यवस्थापन गरि जीवन्त राखीदिन अपील गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपालगञ्ज उपमहानगरपालिका वडान २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, चित्रकार डिवी भण्डारी, बासका अध्यक्ष रमेश सीटौला लगायतका वक्ताहरुले कला संग्राहलय स्थापनामा जोड दिनु भयो ।

प्रदर्शनीमा विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मीत हस्तकला, मुर्तीकलाका विभिन्न सिर्जनाहरु सँगै चित्रकला पनि राखिएको छ ।
आजैदेखि प्रदर्शनीको अवलोकनमा उल्लेखनीय सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो । कला र कलाकारको सम्मान गर्न आफुसँगै आफ्ना बालबालिकालाई पनि सहभागी गराउन आयोजकले आह्वान गरेको छ ।








