सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्ता समिकरण र गठबन्धनको बहनामा कार्यकर्ताको चित्त दुखाउने काम गर्नु ठिक होईन : ठुलोबाबु श्रेष्ठ

काठमाडौं । वर्तमान सरकारमा गठबन्धन गरीरहेका राजनैतिक दलहरु बिच आउँदै गरेको स्थानिय तहको निर्वाचनमा समेत गठबन्धन नतोड्ने सहमति भए संगैं स्थानिय नेता कार्यकर्तामा भने नैराश्यता देखिन थालेको छ ।
गठबन्धनको बहानामा आफ्नो पकड रहेको स्थान समेत छोड्नु पर्ने हो की भन्ने आशांकामा बठबन्धन गर्ने पार्टीका स्थानिय नेता कार्यकर्ताहरु पिरोलो गर्न थालेका छन् ।
स्थानिय तहको पार्टीको स्थिति बारे त्यो भुगोल बाट प्रतिनिधित्व गर्ने नेतृत्वहरुले कस्तो रिपोर्टीङ गर्छन् , त्यसकै आधारमा समिकरण बन्ने भएकोले यथार्थ रिपोर्टीङ गरेर पार्टीलाई जिवित राख्न नेकपा माओवादी केन्द्र संपर्क समन्वय समिति बागमती प्रदेश अध्यक्ष ठुलोबाबु श्रेष्ठले नेतृत्वहरुलाई आग्रह गर्नु भएको छ ।
गत स्थानिय निर्वाचनको मत परिणाम हेर्दा पनि गठबन्धन भित्रबाट समेत छल कपटी भएको स्प्रष्ट देखिएको ले यसलाई मनन गर्दै सत्ता समिकरण र गठबन्धनको बहनामा कार्यकर्ताको चित्त दुखाउने काम नगर्न नेता श्रेष्ठको आग्रह छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशन बाट सम्पर्क समन्वय समितिलाई पनि पार्टीको मुख्य धार बराबर अधिकार प्रदान गरेको मा पार्टी केन्द्र लाई आभार ब्यक्त गर्दै नेता श्रेष्ठले यो स्थानिय निर्वाचन मा समेत सम्पर्क समन्वय समितिलाई आवश्यक कोटा छुट्याएर निर्वाचनमा सहभागि गराउन पार्टी केन्द्रलाई आग्रह गर्नु भएको छ ।
सम्पर्क समन्वय समिति मार्फत पार्टीमा जुन उर्जा पैदा भएको छ त्यसलाई कायम राख्न र अझ कृयाशिल बनाउन स्थानिय निर्वाचनमा सम्पर्क समन्वय समितिको सिफारीसमा परेकाहरुलाई स्थान दिनु आजको आवश्यकता रहेको नेता श्रेष्ठको दावि छ ।
नेता श्रेष्ठ भन्नुहुन्छ “कुनै पनि हालतमा सत्ता समिकरण र गठबन्धनको बहनामा कार्यकर्ताको चित्त दुखाउने काम गर्नु ठिक होईन ”।

भर्खरै

सम्बन्धित खबर

Language »