सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिंखडा सेवा समिति अन्तरगत सिंखडा महिला जागृति समुह द्वारा बालाजु बाईसधारा मेलामा निशुल्क खानेपानी वितरण

काठमाडौं । हरेक बर्ष चैत्र शुक्ल पूर्णिमाको दिन बालाजु बाईसधारामा लाग्ने वृहत धार्मिक मेला( जसलाई नेवार समुदायले ल्हुती पुन्ही: भन्ने गर्दछन् ) आज बिभिन्न कार्यक्रमहरु गर्दै सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा आज लाग्ने मेला मध्य धार्मिक दृष्टिकोणले उत्कृष्ट र रमाईलो अनि बृहत जात्राको रुपमा लिईने यो पर्व काठमाडौं महानगरपालिका को मातहतमा रहेको बालाजु बाईसधारा उद्यान भित्र हुने गर्दछ ।
काठमाडौं तथा आसपासका क्षेत्रबाट समेत उल्लेख्य उपस्थिति रहने यो जात्रामा स्थानिय संघ सस्था हरुको समेत सकृय सहभाभिता रहने गरेको छ ।
काठमाडौं महानगरपालिका प्रहरी , महानगरीय प्रहरी , नेपाल रेडक्रस सोसाईटी , प्रगतिशिल नागरिक मञ्च , सिंखडा सेवा समिति, नेपाल स्काउट लगायत त्यस क्षेत्रमा कृयाशिल संघ संस्थाहरुले जात्रामा आउने सबैलाई शुरक्षा तथा आवश्यक प्रबन्ध मिलाउने कार्य गरेका थिए ।
त्यस अन्तरगत सिंखडा सेवा समिति अन्तरगत सिंखडा महिला जागृति समुह बालाजु द्वारा त्यहाँ आउनेहरुको लागि शुद्ध खानेपानी को ब्यबस्था मिलाईउको हो ।
प्रतेक बर्ष यहि समयमा लाग्ने जात्रा कोरोनम भाईरस को कारण केहि बर्ष प्रभाबित भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »