सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ सौन्दर्यविद सुष्मा महरालाई “उत्कृष्ट व्यवसायी सम्मान” प्रदान

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई “उत्कृष्ट व्यवसायी सम्मान” प्रदान गरेको छ ।

नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो ।

सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ ।

सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

संस्थाले नागरिकको चाहना र आकांक्षा अनुसार अन्तरक्रिया, समाजमा देखिएका विकृति र विसंगतीका विरुद्धमा विभिन्न र जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »