सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु को जागृती मार्ग बस्तिमा घरधुरी नम्बर बितरण : घरधुरी नम्बर लालपुर्जा सरह भएको दावी

काठमाडौं । बालाजु जागृती टोल सुधार समिति ले आज एक कार्यक्रम बिच त्यस क्षेत्रमा अस्थायी बसोबास गरीरहेका घर परिवारलाई घर पहिचानको लागि घरधुरी नम्बर बितरण गरेको छ ।
लामो समय देखि त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै संगठित भएर आफ्नो हक अधिकारको लागि संगठित भएर लाग्न र सरकालाई झकझक्याउन यो कार्यक्रम आयोजना गरीएको बालाजु जागृती टोल सुधार समिति का उपाध्यक्ष तथा र्कायक्रम सन्चालक च्याङ्बा तामाङ ले बताउनु भयो ।
बालाजु जागृती टोल सुधार समितिका अध्यक्ष राज लामाको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १६ को वडाअध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बालाजु वृतका डिएसपि गौतम मिश्र , माओवादी केन्द्रका स्थानिय नेता देवेन्द्र कुमार श्रेष्ठ र दिलिप वन्त को पनि आतिथ्यता रहेको थियो ।
यो कार्यक्रमबाट जागृती टोलमा बसोबास गर्दै आएका १२४ घरधुरी लाई घर नम्बर दिईएको थियो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं १६ को वडाअध्यक्ष तथा प्रमुख अतिथि मुकुन्द रिजालले यस्ता अब्यबस्थित तथा जोखिममा रहेका बस्तिहरुको ब्यबस्थापन गर्नु राज्यको दायीत्व भएको र आफ्नो कार्यकाल भरी यस्ता बस्तिहरुलाई कतै ब्यबस्थापन नगरीकन हटाउने कुनै योजना नभएकोले मर्यादित भएर ढुक्क संग बस्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको संपुर्ण ब्यबस्थापनमा समितिका उपाध्यक्ष तथा समाजसेबि च्याङ्बा तमाङले सहजिकरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »