नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता नन्दलाल बैश्य राप्रपामा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रबाट मेयरका पदका दावेदार बैश्य गठबन्धनबीच नेपालगञ्जको प्रमुख काँग्रेसलाई र उपप्रमुख जसपालाई दिने सहमति भएको भोली पल्ट पार्टी परित्याग गर्नुभएको हो । बैश्यलाई राप्रपाले नेपालगञ्जको मेयरको रुपमा अघि सार्ने भएको छ ।








